अमेरिकाको भिजिटर भिसा पाउने नेपालीहरुको संख्यामा गत महिना अर्थात् जनवरीमा रेकर्ड ब्रेक भएको छ । चालु आर्थिक बर्ष २०२४ को ४ महिनामा नै सबैभन्दा धेरै जनवरीमा नेपालीहरुले अमेरिकाको भिजिटर भिसा पाएको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । अमेरिकामा अक्टोबरदेखि आर्थिक बर्षको सुरुवात हुन्छ ।
गत महिना अर्थात जनवरी २०२४ मा २३६७ जना नेपालीहरुले अमेरिकाको बी श्रेणीको भिजिटर भिसा पाएका छन् । काठमाडौंमा रहेको अमेरिकी दूतावासलेमात्र १९५७ जनालाई अमेरिकाको भिजिटर भिसा स्वीकृत गरेको थियो । यस अगाडि डिसेम्बरमा १९०७ जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा पाएका थिए । काठमाडौंमा रहेको अमेरिकी दूतावासलेमात्र डिसेम्बरमा १६१३ जनालाई अमेरिकाको भिजिटर भिसा स्वीकृत गरेको थियो ।
त्यस्तै नोभेम्बरमा १७८१ जना नेपालीहरुले अमेरिकाको बी श्रेणीको भिजिटर भिसा पाएका थिए । काठमाडौंमा रहेको अमेरिकी दूतावासलेमात्र नोभेम्बरमा १४१९ जनालाई अमेरिकाको भिजिटर भिसा स्वीकृत गरेको थियो । आर्थिक बर्ष २०२४ को पहिलो महिना अर्थात् सन् २०२३ को अक्टोबरमा २०८१ जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा पाएका थिए । काठमाडौंमा रहेको अमेरिकी दूतावासलेमात्र अक्टोबरमा १६७५ जनालाई अमेरिकाको भिजिटर भिसा स्वीकृत गरेको थियो ।
२०२३ मा आवेदकमध्ये ६९ प्रतिशत र २०२२ मा ८०% नेपालीलाई अमेरिकाले भिजिटर भिसादिएको छ।
थप जानकारि र आवेदन संबन्धमा सहयोगको लागि सम्पर्क गर्नु गर्नु परेमाः ९८५१०२५३०३